सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तस्करसँग डराउँछन वनका कर्मचारी

२०७९ पुष २३, ११:४१ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलवारीबाट बुधवार राति ट्याक्टरसहित ६ गोलिया सालको काठ बरामद गरियो। सब–डिभिजन वन कार्यालय, फूलवारीले बरामद गरेको काठको अनुसन्धान जारी छ।

भारताल साझेदारी वनबाट राति तस्करी गर्न ट्याक्टरमा सालको काठ राखिएको थियो। तर तस्कर फरार भएका छन्। रातिको समयमा वनका कर्मचरीले साझेदावरी वनका पदाधिकारीको सहयोगमा काठ बरामद गरेपनि तस्कर फरार भएका हुन्। वन डिभिजन वन कार्यालय फूलवारीका प्रमुख लोकराज दाहालले ट्याक्टर र काठको विषयमा अनुसन्धान जारी रहेको बताए। ‘डिभिजन वनले अनुसन्धान अधिकृत तोकेको छ। यातायातमा ट्याक्टर कसको हो भनेर पत्र पठाउँछौ। उताबाट आएपछि मात्र थप प्रकृया अगाडि बढ्छ।’

से १ त २३० नम्बरकको ट्याक्टरमा साल जातको ६ गोलिया काठ बरामद भएपनि तस्करको पहिचान भएको छैन्। कैलालीमा वनका कर्मचारी तथा सामुदायिक वनका पदाधिकारी भन्दा तस्कर बलिया देखिएका छन्। जिल्लामा अधिकाँस वन क्षेत्रमा अतिक्रमण र तस्करी हुँदै आएपनि वनका कर्मचारी मौन छन्। जिल्लाका तस्करसँग कर्मचारी डराउने गरेको पाइएको छ। दाहालले भने, ‘कर्मचारीलाई गाह्रो हुन्छ्। रातिको समयमा उपभोक्ता पनि तयार हुँदैनन्। हामीसँग कर्मचारी कम हुन्छन्। तस्करहरुले विभिन्न ठाउँमा मान्छे राखेका हुन्छन्। उनीहरु पनि तयारीमा हुन्छन।’

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को राष्ट्रिय वन क्षेत्रमा सालका हरिया रुख काटीका छन्। उक्त क्षेत्रमा रुख काट्नेको पहिचान भएको छैन। गोदावरी नगरपालिकाको वडा नम्बर ८ को सूर्यदय सामुदायिक वन र ७ को मिलन जागण सामुदायिक वन क्षेत्र पनि अतिक्रमणको चपेटामा छ। सामुदायिक वन क्षेत्रमा घर–टहराहरु निर्माण गरिएका छन्। सामुदायिक वनका पदाधिकारी मूकदर्शक छन्। डिभिजन वन कार्यालय, धनगढीका प्रमुख केशव पराजुलीले उक्त क्षेत्रको अतिक्रमण खाली गर्न सब–डिभिजन वन कार्यालय, अत्तरियालई निर्देशन दिएको बताए। तर सब–डिभिजन वन कार्यालय अत्तरियाका कर्मचारीले कामै नगरेर स्याउलेबाट फर्किएका छन्।

यता डिभिजन वन कार्यालय, धनगढीका प्रमुख केशव पराजुलीले जिल्लामा लामो समयदेखि वन क्षेत्रबाट तस्करी हुँदै आएको बताए। उनले भने, ‘अहिले हो र? वर्षौ पहिलेदेखि हो। हामीले प्रयास गरिराखेका छौ।’

तस्करी नियन्त्रणको योजना छैन

सुदूरपश्चिम प्रदेश सरकारले स्थापनाको पाँच वर्षसम्म अतिक्रमण तथा तस्करी नियन्त्रणका लागि कुनै योजना समेत बनाउन सकेको छैन। डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुमा जनशक्तिको अभाव देखाउदै कर्मचारीले पाँच वर्ष बिताइसकेका छन्। तर वन सुरक्षाको सवालमा भने अहिलेसम्म प्रभावकारी काम हुन सकेको छैन्।

सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले स्थापनाको पाँच वर्षसम्म अतिक्रमण खाली गर्ने योजना समेत बनाउन सकेको छैन्। वन ऐन र वन नियमावली बनाउनेबाहेक कुनै काम भएको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस