सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अंशबण्डा र कित्ताकाटको काम रोकियो

२०७९ पुष २२, ०२:३५ खबर संवाददाता

बैतडीः बैतडीमा अंशबण्डा र कित्ताकाटको काम रोकिएको छ। जिल्लामा भू–वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको हो। 

६ महिनाभित्र सक्नेगरी ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएपनि तोकेको समय सीमा सकिएको छ। ऐनको अभावमा अहिलेसम्म कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण सुरु गरेका छैनन्। 

मङ्सिर महिनाभित्रै भू–वर्गीकरण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म भू–वर्गीकरणको काम भएको छैन्। नियमावली कार्यान्वयनमा नआउँदा जग्गाको कित्ताकाट, रजिस्ट्रेशन तथा दृष्टिबन्धक पास गर्ने काम भएको छैन।

जग्गा कित्ताकाट नभएपछि अंशबण्डा र जग्गा किनबेच समेत हुन सकेको छैन्। एउटा प्रयोजनका लागि वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने गरी स्थानीय आवश्यकताबमोजिम स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्नसक्ने व्यवस्था छ ।

जिल्लाका  १० वटै स्थानीय तहलाई भू–वर्गीकरणको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन्। कार्यालय प्रमुखहरूको बैठकमा भू–वर्गीकरणको काम यथाशीघ्र अघि बढाउनुपर्ने गरी निर्णय भएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस