सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा माटोको ढिस्कोमा पुरिएर २ महिला घाइते

२०७९ पुष १६, ०८:०७ खबर संवाददाता

दार्चुलाः दार्चुलामा माटोको ढिस्कोमा पुरिएर २ महिला घाइते भएका छन्।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २ महिला घाइते भएका हुन्। वडा नम्बर ५ का ४० वर्षीय इश्वरी जोशी र माहाना जोशी घाइते भएका छन्।

इश्वरी गम्भीर घाइते छन्। उनलाई गोकुलेश्वर अस्पताल पठाएइएको दार्चुला प्रहरीले बताएको छ। रातामाटा भन्न्े ठाउँमा शनिवार माटो खन्ने क्रममा इश्वरी माटोको डिस्कोमा पुरिएकी हुन्। माहाना जोशीको अवस्था भने सामान्य छ। 

कमेन्ट लोड गर्नुस