कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ
महेन्द्रनगरः कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भतरबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले लागु पदार्थ (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी टोलीले लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज रानालाई पक्राउ गरिएको हो।
मनोजबाट १.०२ ग्राम र सुरजबाट २.७७ ग्राम लागुऔषध (खैरो हिरोइन) सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मनोजले जकेटको खल्ती र सुरजले जुत्ताको मोजाभित्र सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले फेला पारेको थियो।