सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा लडेर घाइते भएकी महिलाको हेलिकोप्टर मार्फत उद्धार  

२०७९ पुष ११, ०८:१७ खबर संवाददाता

धनगढी: दार्चुलामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ। घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटकी ३४ वर्षीया लक्ष्मी लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन्। आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस