सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

२०७९ पुष ११, ०८:१० खबर संवाददाता

काठमाडौं: नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल हुँदै छन्। आज सोमबार काठमाडौं नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन्। काठमाडौं र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ।

काठमाडौं आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ। यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ। विराटनगरले यसअघिको खेल हारेको थियो। आइतबार भएको खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स विजयी भएका थिए।

कमेन्ट लोड गर्नुस