सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिक्षकको हत्या आरोपमा बोहरा दम्पती पक्राउ, आजै सार्वजनिक गरिने 

२०७९ पुष ७, १२:४१ खबर संवाददाता

धनगढीः बैतडीको पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको हो।

बिमला कृष्ण माविमा कम्प्युटर डिप्लो तहमा अध्ययनरत छिन्। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोलीले पक्राउ गरेको हो। शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्राबासको तल्लो तलामा ती युवती बस्दै आएकी थिइन्। 

घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ। शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए।

कमेन्ट लोड गर्नुस