सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनका विद्यालय आज बन्द रहने  

२०७९ पुष ५, ०७:११ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय आज मंगलबार बन्द रहने भएका छन्। कृष्ण माविमा अध्ययन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले मंगलबार विद्यालय बन्द रहने घोषणा गरेका हुन्।

शिक्षक बिष्ट मृत फेला परेको तीनदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएका छन्।

गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए। शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन्।

कमेन्ट लोड गर्नुस