बैतडीमा शिक्षक मृत फेला
२०७९ पुष २, ०४:१६
धनगढीः बैतडीको पाटनमा एकजना शिक्षक मृत फेला परेका छन्। सुर्नया गाउँपालिका-२ घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन्।
शनिबार दिउँसो अन्दाजी ५५ वर्षीय बिष्ट कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी छ।
कमेन्ट लोड गर्नुस