सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भालुको आक्रमणबाट एक युवक घाइते

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर २९, ०६:३८ खबर संवाददाता

बझाङः बझाङमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा छबिसपाथिभेरा गाउँपालिका– ५ इडेढुंगाका ३४ वर्षीय लालबहादुर धामी रहेका छन्। धामीलाई बुधबार बिहान १० बजेको समयमा घर नजिकैको स्वालवन जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमण गरेको हो।

प्रहरीका अनुसार घाइते धामीको दाहिने हात भाँचिएको छ भने ठाउको र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस