सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ठुला सडक योजनामा न्यून बजेट खर्च

२०७९ मंसिर २९, १०:१२ कमल सावद

धनगढीः कैलालीमा संघीय सरकारले निर्माण गरिरहेका ठुला सडक योनजामा चालु आर्थिक वर्षको पाँच महिनामा  बजेट खर्चको अवस्था कम देखिएको छ। आर्थिक वर्षको सुरूमा बजेट खर्च नहुने र अन्तिम दुई महिनामा भने अन्धाधुन्ध खर्च हुने अवस्था यो वर्ष पनि दोहोरिने देखिएको छ।

संघीय सरकार मातहतको  मोहना पुल–अत्तरिया सडक योजना कार्यालयको विकास बजेट २० करोड छ। तर यो आर्थिक वर्षको पाँच महिनाको अवधिमा योजना कार्यालयको ९ लाख २१ हजार एक सय नौ रुपैयाँ मात्र खर्च भएको छ। जिल्लामा संघीय सरकारबाट सञ्चालनमा रहेका सडक योजनाहरुमा सबै भन्दा कम विकास बजेट खर्च मोहना पुल–अत्तरिया ६ लेन सडकको देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका कोष नियन्त्रक नैनसिँह साउँदले बताए।

संघीय सरकारका सडक योजनाहरुमा मोहनापुल–अत्तरिया ६ लेन सडकको सबै भन्दा विकास बजेट न्यून खर्च भएको हो। जिल्लामा सञ्चालनमा रहेको हुलाकी सडक योजना कार्यालयको सबै भन्दा बढी विकास बजेट खर्च भएको छ। उक्त सडक योजना कार्यालयको ६५ करोड बजेट रहेकोमा १५ करोड ७३ लाख सात हजार सात सय १४ रुपैयाँ अर्थात २४ दशमलव २० प्रतिशत खर्च भएको छ।

चालु आर्थिक वर्षमा सहजपुर–बोगटान दीपायल सडकको बजेट ५२ करोड ३८ लाख छ। उक्त बजेटमा ६ करोड ९९ लाख ८५ हजार  अर्थात १३ दशमलव ३६ प्रतिशत खर्च भएको छ। भौतिक प्रगति न्यून रहेका सडक योजनाहरुको खर्च पनि कम भएको कोष नियन्त्रक साउँदले बताए।

प्रदेश र स्थानीय तहहरुका सडक पूर्वाधारको खर्च न्यून रहेका बेला संघीय सरकार मातहतका सडक योजना कार्यालयको पनि खर्च न्यून देखिएको हो। चालु आर्थिक वर्षका पाँच महिनासम्म जिल्लाका सडक योजनाहरुको आर्थिक प्रगति कम रहेको छ। संघीय सरकारबाट कार्यान्वयनमा रहेका सडक योजनाको खर्च प्रगति न्यून छ।

जिल्लामा सञ्चालनमा रहेका सडक योजनाको खर्च प्रगति न्यून देखिएको हो। चालु आर्थिक वर्षको पाँच महिना हुँदा जिल्लामा सञ्चालनमा रहेका मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयको सबै भन्दा न्यून बजेट खर्च भएको छ। जिल्लामा सबै भन्दा बढी हुलाकी सडक योजना कार्यालयको विकास बजेट खर्च भएको छ। हुलाकी सडक योजना कार्यालय कैलालीले चालु आर्थिक वर्षको पाँच महिनामा २४ प्रतिशत विकास बजेट खर्च गरेको हो।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस