सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा रहेका युवाहरुकोे सहयोगमा बैतडीमा मन्दिर निर्माण 

२०७९ मंसिर २७, ०३:४२ खबर संवाददाता

बैतडीः वैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा बैतडीमा मन्दिर निर्माण गरिएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ७ ऐरीगाउँमा महादेव मन्दिर निर्माण गरिएको हो। रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाहरुले चन्दा संकलन गरेर मन्दिर निर्माण गरेको मन्दिर निर्माण समितिका संयोजक पुरनसिंह ऐरले बताए। 

गौरा खेल खेल्ने थलोमा स्थानीयहरुले कुलदेवता महादेवको मन्दिर निर्माण गरेका हुन्। रोजगारीको सिलसिलामा भारत लगायत तेस्रो मुलुकमा रहेका युवाहरुले करिब डेढ लाख चन्दा संकलन गरेको र अन्य स्थानीयहरुले जनश्रमदानमा मन्दिर निर्माण गरेको उनले बताए। 

आफ्नो संस्कृति र धर्मको संरक्षणका लागि स्थानीय युवाहरु जागरुक भएर मन्दिरको निर्माण गरिएको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस