कैलाली उद्योग वाणिज्य संघद्धारा सुचना दिन साढे तीन महिनादेखि अटेरी
आगामी वैशाख २२ गते हुने कैलाली उद्योग वाणिज्य संघको साधारण सभावाट नयाँ नेतृत्व चयन हुने भएकोले त्यसका लागि दौडधुप भईरहेका वेला संघले भने साढे तीन महिनादेखि सुचना दिन आनाकानी गर्दै आएको छ । दिनेश एफएमले पटक पटकको मौखिक आग्रहलाई संघका पदाधिकारीहरुले सुदुरपश्चिम महोत्सवको आयव्यय र सिसि क्यामेराको हिसाव दिन नमानेपछि निवेदन दिईएको साढे तीन महिनासम्म पनि सुचना दिन अटेरी गर्दै आएका छन ।
मौखिक आग्रह नमान्दा गएको पुस २४ गते एफएमले सुचना माग गर्दै निवेदन दिँदा पनि महिनौ दिनसम्म कुनै वास्ता नभएपछि सुचना आयोगमा पनि उजुरी गरिएको थियो । तर सुचना आयोगको उजुरीपछि पनि कैलाली उद्योग वाणिज्यका वर्तमान पदाधिकारीहरुले कार्यकाल सकिने वेला पनि सुचना दिन अटेरी गर्दै आएका छन । सार्वजनिक गर्नुपर्ने हिसाव किताव लुकाउनुले ठुलै आर्थिक चलखेल भएको आशंका हुन थालेको छ ।
मौखिक रुपमा पटक पटक सुदुरपश्चिम महोत्सवको आयव्यय र सिसि क्यामेराको हिसाव माग गर्दा पनि दिन आनाकानी भएपछि दिनेश एफएमलले गत पुस २४ गते लिखित रुपमा निवेदन दियो । त्यसको १५ दिनभित्र माग गरेको सुचना दिनुपर्ने सुचनाको हक सम्वन्धी ऐनमा प्रावधान भएपनि संघले एक महिनासम्म पनि कुनै सुनुवाई गरेन ।
माघ २३ गते संघका पदाधिकारीहरुलाई सुचना नदिनुको कारण सहित सुचना अधिकारीलाई कारवाहीको माग गर्दै अर्को पटक उजुरी हालियो । दुई पटक निवेदन दिदा पनि संघका पदाधिकारीहरु उदासिन भएपछि दिनेश एफएमले सुचना नपाएको भन्दै फागुन २० गते सुचना आयोगमा उजुरी दियो । सुचना आयोगले चैत १५ गते उद्योग वाणिज्य संघलाई पत्र काटेर सुचना नदिनुको कारण खुलाई पठाउन माग गर्दा पनि अहिलेसम्म पनि सुनुवाई भएको छैन । वैशाख ७ गते पत्र प्राप्त भएको संघका पदाधिकारीहरुले भने पनि सुचना दिन संघका पदाधिकारीहरुले अहिले पनि अटेरी गर्दै आएका छन ।
दिनेश एफएमले कैलाली उद्योग वाणिज्य संघसँग जिल्ला प्रहरी कार्यालय संगको सहकार्यमा १७ लाख भन्दा बढीको लगानीमा जडान गरेको सिसि क्यामेराको हर हिसाव, सम्झौता र २०७१ साल यताको सुदूरपश्चिम महोत्सवको हरहिसाव समाचार प्रयोजनका लागि मागेको थियो । तर संघले वेवास्ता गरेपछि सुचना आयोगमा जनताको सूसूचीत पाउने अधिकारको कैलाली उद्योग वाणिज्य संघले हनन गरेको र रेडियोलाई सो सूचना नपाए वाफत आर्थिक नोक्सानी समेत भएको भन्दै क्षतीपुर्ती सहितको उजुरी हालिएको थियो ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले कानुनी सल्लाहकारसँग समन्वय भईरहेको वताए । उनले सुचना आयोगले सुचना नदिनुको कारण मागेकोले कानुनी सल्लाहकारले त्यस वारेमा लेखेर पठाउने तयारीमा रहेको वताए । संघका वर्तमान कार्य समितिका महासचिव रुपेश स्वार र कोषाध्यक्ष पुष्पराज कुँवर अहिले प्यानल सहित नयाँ नेतृत्व लिनका लागि दौडधुप गर्दै चुनावी प्रसार प्रसारमा व्यस्त छन । तर उहाँहरुले पनि सुचना दिनका लागि ध्यान दिएका छैनन् ।
अध्यक्ष पदका उम्मेदवार तथा वर्तमान महासचिव रुपेश स्वाँरले लेखा परीक्षणको काम सकिएकोले आवश्यक सुचना दिन कुनै समस्या नरहेको वताए । अध्यक्ष पदका अर्का उम्मेदवार पुष्पराज कुँवरले महोत्सवको हिसाव किताव दिनका लागि महासचिव रुपेश स्वारलाई लेखा समितीको संयोजक वनाएर जिम्मेवारी दिईएको वताए ।
संघले हिसाव किताव सार्वजनिक गर्नुपर्ने, सदस्यहरुलाई जानकारी दिनुपर्ने हुँदा हुँदै पनि हिसाव किताव उजुरी गर्दा पनि लुकाउने प्रयास जारी रहेको छ । वैशाख २२ गते कार्य सकिने भएकोले पदाधिकारीहरु त्यसपछि नैतिक रुपमा जिम्मेवार नहुने र नयाँ कार्य समितीले पनि पुरानो कार्य समितिको भन्दै पन्छिन खोज्ने भएकोले कार्यकाल सकिने मुखमा पदाधिकारीहरुले सुचना लुकाउनुले ठुलै रकम आर्थिक चलखेल भएको व्यवसायीहरु वताउँछन ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्वन्धी ऐन अनुसार राज्यले गोप्य भनेका बाहेक कुनै पनि पनि सूचना लुकाउन नपाउने भएकोले कैलाली उद्योग वाणिज्य संघले सुचना नदिनुको विकल्प नरहेको जनाएको छ । सूचनाको हक सम्वन्धी ऐनमा तोकिएका समयमा सूचना उपलब्ध नगराईएमा आर्थिक दण्ड सहित कैदको समेत व्यवस्था गरिएकोले अव पनि सुचना दिन अटेरी गरेमा दण्ड सजाय सहितको उजुरी सुचना आयोगमा हाल्ने तयारी दिनेश एफएमले गरेको छ ।