सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट डोटीमा पाँच जना घाइते

२०७९ मंसिर २१, ०७:५५ खबर संवाददाता

धनगढीः चितुवाको आक्रमणबाट डोटीमा पाँच जना घाइते भएका छन्।

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा मंगलबार साँझ पाँच जनालाई चितुवाले आक्रमण गरेको हो। घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। 

चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले बताए। उनीहरु सबैको स्वास्थ्य सामान्य हरेको छ। चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको छ। 


 

कमेन्ट लोड गर्नुस