सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर २१, ०७:२५ खबर संवाददाता

कञ्चनपुर: हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको मृत्यु भएको छ।  मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको थियो ।


 

कमेन्ट लोड गर्नुस