प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?
डडेल्धुराः डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन्। प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन्।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन्। प्रचार सामाग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालन लगायतका सात शिर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो।
यस्तै नेपाली कांग्रेस वीपीका उमेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।