सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा पछ्याउँदै

३ हजार ८८८ मतान्तर 

२०७९ मंसिर १७, ०५:०४ खबर संवाददाता

धनगढीः बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। 

३० हजार ९७६ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले ३ हजार ८८८ मतले अग्रता लिइरहेका छन्। उनले १७ हजार ४० मत मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार १५२ मत मत प्राप्त गरेका छन्। 

यहाँ ६० हजार १५२ मत खसेको थियो।


 

कमेन्ट लोड गर्नुस