सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना

२०७९ मंसिर १७, ११:४१ खबर संवाददाता

धनगढीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकको दशरथचन्द नगरपालिका वडा नम्बर ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो।

जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  जिपमा ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल छन्। 

कुखुरा पुर्याएर देहीमाण्डौं तर्फ फर्किएको जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलेको छैन। 
 

कमेन्ट लोड गर्नुस