बाजुरामा थापा र पाण्डेको २६५६ मतान्तर
२०७९ मंसिर १७, ०९:१७
धनगढीः नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा र काँग्रेसका उम्मेदवार बद्री पाण्डेको मतान्तर २६५६ पुगेको छ।
बाजुरामा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका काँग्रेसका उम्मेदवार पाण्डेले १२७०५ पाएका छन्। एमालेका उम्मेदवार थापाको १००५९ मत छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यको २३४०७ मत गणना सकिएको छ। २२९१५ मत सदर भएको हो। राप्रपाको ६२, समाजवादीका २६ तथा स्वतन्त्र उम्मेदवारले ६३ मत छ।
कमेन्ट लोड गर्नुस