कञ्चनपुरबाट हिँडेको बस बैतडीमा ट्रकसँग ठोक्कियो
२०७९ मंसिर १६, ०७:२८
धनगढी: कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस ट्रकसँग ठोक्किएको छ। बिहीबार (हिजो) महेन्द्रनगरबाट बैतडीका लागि हिँडेको सुपप्र ११८६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको १९९३ नम्बरको मिनी ट्रक जिल्लाको सिउँडे नजिक आपसमा ठोक्किएका हुन्।
दशरथचन्द राजमार्गभित्र पर्ने सुर्नया गाउँपालिका-२ सिउँडे पत्तालभुमेश्वर जाने बाटोको तल्लो मोडमा बस र ट्रक आपसमा ठोक्किएका बताइएको छ। मानवीय क्षति भने भएको छैन।
कमेन्ट लोड गर्नुस