सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्डमा यातयात सञ्चालन

२०७५ चैत्र ७, ०६:१० प्रकाश सिंह

नेपाली सेनाले निर्माण गरेको बाजुरा कालीकोट सडक खण्डमा यातायात सेवा सञ्चालनमा आएको छ। कर्णाली करीडोर अन्तरगत बाजुरा र कालीकोटको सीमना लैफु देखी बाजुराको लेब्डी सम्मको ३१ किलोमिटर सडकमा यातायात सेवा सुचारु भएको हो।

आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले एक सडकको उद्घाटन गरे। सो सड्क सञ्चालनमा आएसँगै बाजुराका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका समेत  सडक सञ्जालमा जोडिएका छन्।

त्यस्तै कालिकोट र मुगका स्थानियलाई पनि आवातजावत गर्न सहज भएको छ। सडक  सञ्चालन भएपछि बाजुराको सबै भन्दा दुर्गम गाँउपालिकामा समेत यातायातको पहुँच पुगेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

नेपाली सेनाले ट्रयाक खोले लगतै यातायात सेवा सञ्चालनमा आएको छ। उक्त सडकमा अहिले  जीप र मालबाहक ट्रक सञ्चालनमा ल्याउने योजना रहेको जगन्नाथ गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले बताए।

सडक विभागलाई सेनाले हस्तान्तरण नगर्दै सीमित सवारी साधन सञ्चालनका लागि सडक सञ्चालनमा ल्याईएको सेनाले जनाएको छ। सडक सुचारु भएसँगै बाजुरा सहित कालिकोट, मुगु र हुम्लाको दुर्गमका स्थानीयलाई ठुलो राहत पुगेको छ।

कर्णाली करीडोर अन्तरगत कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्मको एक  सय ४५ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। सेनाले २०७१ सालदेखी सो  सडक निर्माणको जिम्मा लिएको थियो।  

एक  सय ७ किलोमिटरमा काम सुचारु गरिएकोमा ७२ किलोमिटरमा यातायात सेवा सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले बताए। बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले रहेको छ।  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस