सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालमा ५ जना बिरामीको सफल न्यूरो सर्जरी

२०७९ मंसिर १३, ०७:०६ खबर संवाददाता

धनगढीः धनगढी उप-महानगरपालिका वडा नम्बर १ मा रहेको कैलाली अस्पताल प्रालिले ५ जना  बिरामीको सफल न्युरो सर्जरी गरेको छ। टाउको, दिमाग, मेरुदण्ड अप्रेशनका लागि विशेषज्ञ सेवा दिँदै आएको सो अस्पतालले एक दशकदेखि वीर अस्पतालमा कार्यरत न्युरो सर्जरी विशेषज्ञ तथा सह–प्रचार्य डाक्टर विकेश खम्बु (श्रेष्ठ) बाट न्युरो सर्जरी उपचार सेवा दिँदै आएको छ। असोज महिनामा मात्र सो अस्पतालबाट पाचवटा जटिल शल्यक्रिया गरिएको हो। टाउको तथा दिमागको सफल शल्याक्रिया भएको अस्पतालका प्रबन्धक खगेन्द्र जोशीले बताए। 

ईशारा नेपाली, त्रिभुवन सिंह, राजु सुनार, एके लोहार र आकाश चौधरीको टाउकोमा चोट लागेर पक्षघातबाट बेहोस अवस्थामा रहेको अवस्थामा आकस्मिक शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएपछि बिरामीलाई सामान्य अवस्थामा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस