सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

२०७९ मंसिर १३, ०४:४६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ ९जिप०ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो। ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको हो। 

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो। 

ठक्कर दिने सवारी साधनलाई अनुसन्धानको क्रममा सोमबार फेला पारेको     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।  मृतकका आफन्तहरुले चालक पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्दै हिजो सडक अवरोधसमेत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस