पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी
२०७९ मंसिर ११, ०५:०६
इलामः नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्।
इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन्। खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए। तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन्। खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो।
कमेन्ट लोड गर्नुस