बैतडीमा जन्ती बोकेको जिप दुर्घटना
बैतडीः बैतडीमा शुक्रबार साँझ साढे पाँच बजेतिर जिप दुर्घटनामा परेको छ। बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर ल्याएको जिप सुर्नया गाउँपालिका वडा नं ८ पातलखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो।
सुपप्र०१००१ ज १३५४ नम्बर जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन्। घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।