सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक पुरुषको दुर्घटनामा परेर दार्चुलामा मृत्यु

२०७९ मंसिर ९, ०४:२२ खबर संवाददाता

धनगढीः दार्चुलामा एक मजदुरको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ३ स्थित सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो। 

प्रहरीका अनुसार बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 

ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीकोई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस