सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कुँवरको अग्रता

२०७९ मंसिर ८, ०२:०५ खबर संवाददाता

धनगढी : एक मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर)ले अग्रता लिएका छन्। कुँवरलाई नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले पछ्याइरहेका छन्। 

५ हजार चार सय ९ मतगणनामा कुँवरले २२ हजार २३० मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका उम्मेदवार भण्डारीले २० हजार ८७० मत लिएर पछ्याइरहेका छन्।

कुल १० स्थानिय तह र ८४ वडा रहेको बैतडीका स्थानिय तहका वडा अनुसार मतगणना भइरहेको छ। डिलासैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका र  सिगास गाउँपालिकाको मतगणना सकिएको छ भने पाटन नगरपालिका र सुर्नया गाउँपालिका मतगणना भइरहेको छ। 

मुख्य निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिको मतगणना बाँकी छ। प्रदेशसभाको मत परिणाम सार्वजनिक भइसकेकाले प्रतिनिधि सभातर्फको मत तीन ठाउँमा गणना भइरहेको छ। प्रतिनिधि सभातर्फको मत परिणाम आजै आउने बताइएको छ। 

बैतडीमा ७८ हजार ३६९ मत खसेको थियो।
 

कमेन्ट लोड गर्नुस