सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा (१) बाट खगराज विजयी 

२०७९ मंसिर ८, १०:२० खबर संवाददाता

धनगढी: डडेल्धुरा प्रदेश क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट विजयी धएका छन्। उनी एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन्।

भट्टले १२११२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहोराले ९१९५ मत प्राप्त गरे। जम्मा खसेको २५३६१ मतमध्ये २४२५ मत सदर भएका छन् भने १३३६ मत बदर भएका छन्। भट्ट यसअघि २०६४, २०७० र २०७४ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए। तीनै पटक शेरबहादुर देउवासँग पराजित बनेका उनी अहिले फेरिएको राजनीतिक समीकरणमा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए। 


 

कमेन्ट लोड गर्नुस