डडेल्धुरा प्रदेशसभा–१ मा खगराजको अग्रता
धनगढीः डडेल्धुरा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले अग्रता लिएका छन्। १,२१७ गन्दा भट्टले ५५९ मत ल्याएका छन्।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मत पाएका छन्। यी दुईबीच ४६ मतको मतान्तर रहेको छ।
राप्रपाका पदमराज जोशीले ५१, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले ३४ र धनबहादुर बोहराले ९ मत पाएका छन्। ५१ मत बदर भएका छन्।