सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ४८२ मतान्तरले अगाडि बढे महर

२०७९ मंसिर ७, १०:३८ खबर संवाददाता

धनगढीः बझाङमा प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार नेता ऐनबहादुर महर अगाडि गएका छन्। उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई ४८२ मतान्तरले पछाडि पारेका हुन्।

जिल्लाको ३४२३२ मत गणना गर्दा महरले १५५१५ मत पाएका छन्। जोशीले १५०३३ मत पाएका छन्।

कमेन्ट लोड गर्नुस