सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एमालेका भण्डारी मतान्तर बढाउदै, प्रदेशमा को अगाडि ?

२०७९ मंसिर ६, ०२:२३ खबर संवाददाता

धनगढीः बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। नौ हजार नौसय ७१ मत गणना हुँदा भण्डारीले चारहजार छ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। दामोदरलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले चार हजार एकसय २६ मतका साथ पछ्याइरहेका छन्। 

यस्तै  प्रदेश सभा क्षेत्र नम्बर १ मा दशहजार दुईसय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले चारहजार तीनसय २० मत प्राप्त गरेका। उनको पछिपछि रहेका स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुईहजार नौ सय ४३ मत पाएका छन्। 

यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ। आठहजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीनहजार नौसय ६० मत ल्याउँदा नेकपा एमालेका लिलाधर भट्टले तीनहजार आठ सय ७०मत प्राप्त गरे।
 

कमेन्ट लोड गर्नुस