प्रधानमन्त्री देउवा झण्डै दोब्बर मतले अगाडि
धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग झण्डै दोब्बर मतान्तर बनाएका हुन्।
जिल्लामा प्रतिनिधि सभा सदस्यको १३३५१ मत गणना सकिएको छ। प्रधानमन्त्री देउवाको ६६४२ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ३४२४ मत छ। देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले १८३२ मत पाएका छन्।
जिल्लामा प्रतिनिधि सभा सदस्यको ८३७ मत बदर भएको छ।