डडेल्धुरामा १२८६१ मत गणना, सागरको ३२७५ मत
धनगढीः डडेल्धुरामा प्रतिनिधि सभा सदस्यको १२८६१ मत गणना भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अगाडि छन्। उनको ६३९९ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ३२७५ मत छ। देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्ललाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन्। काँग्रेस वीपीका उम्मेदवार मल्लले १८२५ मत पाएका छन्।
जिल्लामा प्रतिनिधि सभा सदस्यको ८२९ मत बदर भएको छ।