सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देउवाको अग्रता, सागरको कति ?

२०७९ मंसिर ५, ०५:०८ खबर संवाददाता

धनगढीः डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन्।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन्। सुरुवाति परिणामअनुसार देउवाले २३९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।

कमेन्ट लोड गर्नुस