सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आज ४ बजेदेखि मतगणना सुरु

२०७९ मंसिर ५, ०४:२७ खबर संवाददाता

बैतडी: प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बैतडीमा मतगणनाको लागि सर्वदलीय बैठक बसेको छ। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार बैठकले आज अपरान्ह ४ बजेदेखि मतगणना शुरु भएको हो। आइतबार सम्पन्न निर्वाचनपछि आज बिहानमात्र सदरमुकाममा मतपेटिका संकलन सकिएको थियो। सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना हुने जनाइएको छ।

पहिले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षको मतगणना शुरु गर्ने र त्यसपछि समानुपातिकको मतगणना हुने जनाइएको छ। आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो। १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेका थिए।

प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ क्षेत्र रहेको  बैतडीमा २२ जना चुनावी मैदानमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस