सर्वदलीय बैठकपछि बैतडीमा १२ बजे मतगणना हुने
बैतडीः सर्वदलीय बैठकपछि बैतडीमा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ। मध्यान्न १२ बजे सर्वदलीय बैठक राखिएको छ त्यसलगत्तै मत गणना सुरु हुन्छ पनेरुले भने। मतगणना जिल्ला अस्पतालबाट हुनेछ। बैतडीबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर, एमालेबाट दामोदर भण्डारी छन्।
सत्ता गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसका केशबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बैतडीमा ५२ दशमलव १९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको थियो। जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिला मतदाताले मतदान गरेका थिए।