बैतडीमा प्रहरी सवार जिप दुर्घटना
धनगढीः बैतडीमा प्रहरी सावर जिप दुर्घटना भएको छ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ मा नेपाल प्रहरी सवार जिप दुर्घटना भएको हो। मतपेटिका जिल्ला सदर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जिप दुर्घटना भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको हो। जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका बताइएको छ। जिल्लाबाट प्रहरीको टोली घटना स्थल तिर गएको छ। थप बिवरण आउन बाँकी छ ।