सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक मतदानस्थलमा फेरि हवाइ फायर 

२०७९ मंसिर ४, ०४:५८ खबर संवाददाता

धनगढीः बाजुराको एक मतदानस्थलमा फेरि हवाइ फायर गरिएको छ। बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ मालिका मावि मतदानस्थलमा ५ राउण्ड हवाई फायर भएको हो।

कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि झडपको अवस्था उत्पन्‍न भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। अहिले त्यहाँ मतदान रोकिएको छ।

कमेन्ट लोड गर्नुस