डडेल्धुरामा शंकास्पद वस्तु फेला
२०७९ मंसिर ४, ०४:२८
धनगढीः डडेल्धुरामा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ (स्यालचौडी नजिकको) भंरेडी खोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्लास्टिकको बट्टामा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा नेपाली सेनाको टोलि पुगेको छ।
कमेन्ट लोड गर्नुस