सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा, ३ जना घाइते

५ ठाउँमा मतदान स्थगित, ३ ठाउँमा पुनः सुरु 

२०७९ मंसिर ४, ०१:११ खबर संवाददाता

धनगढीः बाजुरामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यक्रताबीच भडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा भएको हो। 

झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडप भएको बताइएको छ। उनीहरुको नाम भने खुलाइएको छैन।

५ ठाउँमा मतदान स्थगित, ३ ठाउँमा पुनः सुरु 
बाजुरामा मतदान रोकिएका ८ मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रको मतदान सुरु भएको छ। जिल्लास्थित खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १, स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ र त्रिवेणी नगरपालिका वडा ७ को मतदान सुरु भएको हो। 

दलहरुबीच विवाद भएपछि रोकिएको मतदान सहमति गराएर पुनः सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए। यस्तै बुढिगंगा नगरपालिका ८ मा पनि सहमति प्रयास भइरहेको र केही बेरमा मतदान सुरु हुने जनाइएको छ। त्यस्तै बुढिगंगा नगरपालिका ८ को मतदान केन्द्र, बुढीनन्दा ५ लगायका मतदान केन्द्रमा पनि सहमतिको प्रयार भैरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस