सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बम फेला 

२०७९ मंसिर ४, ०८:२८ खबर संवाददाता

धनगढीः बझाङमा बम फेला परेको छ। जिल्लाको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाल्टिन बमजस्तो वस्तु देखिएको हो। उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको छ। निर्वाचनलाई बिथोल्न उक्त वस्तु राखिएको हुनसक्ने बताइएको छ। तर, उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगरेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस