हिन्दू स्वयंसेवक संघद्वारा भूकम्प पीडितलाई बाकस सहयोग
२०७९ मंसिर ३, ०९:२२
धनगढी: हिन्दू स्वयंसेवक संघले भूकम्प पीडितलाई बाकस सहयोग गरेको छ।
गत कार्तिक २२ गते राति २ः१२ बजे गएको भूकम्पले डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा मानवीय क्षति र भौतिक क्षति भएको थियो।
उक्त गाउँका भूकम्प पीडितलाई बाकस सहयोग गरिएको हो। संघले पूर्णरूपमा क्षति भएका १४ घरका लागि एकएक बाकस हस्तान्तरण गरिएको संघले जनाएको छ।
कमेन्ट लोड गर्नुस