डोटीका भूकम्पपीडितलाई राहत वितरण
धनगढी: डोटीका भूकम्पपीडितलाई कैलाली उद्योग वाणिज्य संघमार्फत राहत वितरण गरिएको छ। मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडितलाई राहत वितरण गरिएको हो।
संघको अनुरोधमा गैर आवासीय नेपाली संघले ५ लाख बराबरको राहत सहयोग गर्ने सम्झौता भएअनुसार उक्त राहत वितरण गरिएको बताइएको छ। आज बिहान गैरागाउँका भूकम्पबाट ज्यान गुमाएका ६ जनाका परिवार र अन्य भूकम्पपीडितलाई राहत वितरण गरिएको जनाइएको छ। उक्त राहत सामग्री कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले हस्तान्तरण गरेका हुन्।