सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रशासनका सेवा एक साता बन्द 

२०७९ कार्तिक २८, ०६:४३ खबर संवाददाता

धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले एक साता सेवाहरु बन्द रहने जनाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरिएको हो। 

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ।

प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ।

कमेन्ट लोड गर्नुस