सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोको एक बारमा गोली चल्यो, नौ जनाको मृत्यु

२०७९ कार्तिक २५, ०९:२५ खबर संवाददाता

एजेन्सीः हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको हत्या गरेका छन्। उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो।

गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ। स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन्।

कमेन्ट लोड गर्नुस