सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा गाउँ घुम्न जान्छु भनेर गएका पुरुष मृत भेटिए

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक २५, ०२:०४ खबर संवाददाता

बझाङः बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेका हुन्। 

उनी सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस