सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल साफ यू–१५ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा

२०७९ कार्तिक २३, १०:३६ खबर संवाददाता

काठमाडौँ: नेपाल १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको शीर्ष स्थानमा पुगेको छ। लगातार तीन वटा खेल जित्दै नेपाल नौ अङ्कसहित शीर्ष स्थानमा पुगेको हो।

बुधवार बङ्गलादेशको ढाकामा भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो। आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन्।

नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो। भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ। अब नेपालले उपाधिका लागि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस