डोटीमा निरन्तर परकम्प
२०७९ कार्तिक २३, ०५:०७
धनगढी: डोटीमा निरन्तर भूकम्पको परकम्प गइरहेको बताइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला–बेला भूकम्पका स–साना परकम्प गइरहेको बताएको हो।
प्राधिकरणले जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल रहेको बताउँदै सचेत रहन आग्रह गरेको छ। गएराति डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
कमेन्ट लोड गर्नुस