सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडक: निर्माण अवधी सकिन ६८ दिन बाँकी

२०७५ चैत्र ३, १२:५३ कमल सावद

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको अवधि सकिन ६८ दिन मात्र बाँकी रहँदा पनि खानेपानीका पाईप स्तान्तरणको टुङ्गो लाग्न सकेको छैन्। मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना र खानेपानी संस्थानको लापरवाहीले खानेपानीका पाईप स्तान्तरणको टुङ्गो लाग्न नसकेको हो। जस्ले गर्दा निर्माण कम्पनीले निर्माणमा भईरहेको ढिलाईको कारण भन्न बहाना पाएका छन्। 

मोहनापुल–अत्तरिया सडक क्षेत्रमा पर्ने खानेपानीका पाईपहरु सडक निर्माणको काम हुदा बारम्बार फुट्ने गरेका छन्। तर खानेपानीको पाईप स्तान्तरणको कुनै योजना आयोजना कार्यालयसंग छैन भने खानेपानी संस्थानसंग पनि छैन्। खानेपानी संस्थानले फुटेको समयमा टाल्ने बाहेक स्तान्तरणको प्रक्रिया सुरु समेत गर्न सकेको छैन्। 

खानेपानीका पाईपहरु सार्ने दायित्व एक कार्यालयले अर्काे कार्यालयको भएको दावि गर्दै आएका छन्। खानेपानी संस्थान आयोजना कार्यालयलाई देखाउछ भने आयोजना कार्यालय संस्थानलाई देखाउछ। खानेपानी संस्थान कैलालीका प्रमुख अरविन्द्रकुमार लाल कर्णले आयोजना कार्यालयले पाइप सार्न पर्ने बताए। 

मोहनापुल–अत्तरिया सडक आयोजनाका प्रमुख राजेश पौडेलले भने पाइप सार्नका लागि बजेटको अभाव रहेको बताए। मोहनापुल देखि अत्तरिया सम्मको १४ दशमलव २ किलोमिटरमा धनगढी बजार क्षेत्रमा सबै भन्दा बढि खानेपानीको लाईन छ। सडक निर्माणका क्रममा खानेपानीका पाईल फुट्दा नगरवासीलाई सास्ती भईरहेको छ। सडकमा ओहोर–दोहोर गर्ने यात्रुहरुलाई फुटेका पाईपबाट आएको पानीले हैरान बनाएको छ। 

खानेपानी संस्थानले ९० लाख बढि रकम खानेपानीको नयाँ लाईन बिस्तारका लागि खर्च हुने देखाएको छ। तर खानेपानी संस्थान भने नयाँ लाईन बिस्तारको लागि तयार छैन्। फाप्लामा निर्माण भइरहेको खानेपानी योजनाबाट लाईन सडकको पश्चिम तिर तान्ने पक्षमा संस्थान छ। सडकको पूर्व तिरमा खानेपानीको पाईप आयोजना कार्यालयले बिछ्याउनु पर्ने निर्केयौलमा दुवै कार्यालय पुगेका छन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस