मोटरसाइकल अनियन्त्रित हुँदा कञ्चनपुरका एक जनाको मृत्यु
धनगढी: मोटरसाइकल अनियन्त्रित हुँदा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका-५ पोल्खरीस्थित मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार राति सु.प.प्र.०१-०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।